स्थायी लेखा नम्बर (PAN) ‍लिन व्यक्तिगत / व्यवसायीक

Hybrid

आवश्यक प्रक्रिया
शुल्क
0
लाग्ने समय
१० मिनेट
सेवा प्रवाह समय
१० मिनेट
उजुरी अधिकारी
दायरा विभाग
सूचना प्रविधि शाखा
आवश्यक कागजातहरू
#) व्यक्तिगत स्थायी लेखा नम्बर (PAN) को लागी => नगरिकता वा नगरिकताको प्रतिलिपि लिइ (CYBER) साइबरमा गई अनलाईन फारम (व्यक्तिगत PAN) भरेर सब्मिसन नम्बर लिई नगरपालिका आउने ।

#) व्यवसायीक स्थायी लेखा नम्बर (B-PAN) को लागी => व्यवसाय रहने स्थानको लालपूर्जाको प्रतिलिपि, मन्जुरीनामा, जग्गाधनी र व्यवसाय गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, घरेलु तथा साना उद्योग र हरिवन नगरपालिकाले दिएको व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि, (CYBER) साइबरमा गई अनलाईन फारम (व्यवसायीक PAN) भरी सब्मिसन नम्बर प्रिन्ट भएको कागजात लिई नगरपालिका आउने ।

#) संस्थागत स्थायी लेखा नम्बर (I-PAN) को लागी => संस्था रहने स्थानको लालपूर्जाको र जग्गाधनीको नागरिकताको प्रतिलिपि, मन्जुरीनामा, संचालक समितिमा रहेको पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि, संस्थाको विधानको प्रतिलिपि, स्थायी लेखा नम्बर (PAN) लिन कुनै एक जना पदाधिकारीलाई जिम्मेवारी तोकी माईनुटको प्रतिलिपि, संस्थाको प्रकृति अनुसारको सरकारी कार्यालयमा र हरिवन नगरपालिकामा दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, (CYBER) साइबरमा गई अनलाईन फारम (संस्थागत PAN) भरी सब्मिसन नम्बर प्रिन्ट भएको कागजात लिई नगरपालिका आउने ।
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
समिर श्रेष्ठ, सूचना प्रविधि अधिकृत
विमल प्रसान निरौला, रोजगार संयोजक
हिरा अधिकारी, सहायक पाँचौ
प्रक्रिया चरणहरू
अध्ययन र पूर्व-अभिलेख जाँच
कार्यान्वयन
संबंधित कानून