संक्षिप्त विवरण

हरिवनको नामाकरणको सन्दर्भमा ऐतिहासिक तथा धार्मिक पृष्ठभूमिका अनुसार विभिन्न किवंदन्ती पाईन्छ । प्रथमतः प्राचीन कालमा राजा जनकका भाइ सुभाउ जनकले हालको वडा नं ९ मा एउटा पोखरी खनेका थिए । त्यसताका उक्त पोखरीमा सयौंका संख्यामा हरिणहरु चर्दै पानी पिउने ठाउँ भएकोले हरणबाट हरिवन भएको, दाेस्रो भगवानको नाम हरि ओमबाट हरिवन भएको, तेस्रो हालको सिन्धुली जिल्लाको धिमालेको चुरेमा रहेको बस्तीबाट दक्षिण समथल भूभागमा हेर्दा हजारौं दुरी सम्म हरियो वन देखिने भएकोले पछि अपभ्रंस भई हरिवन भएको भन्ने रहेको छ । यसर्थ हरिण, हरिओम र हरियो वन जस्ता शब्दहरु अपभ्रंश भई विस्तारै हरिऔन हुँदै हरिवन नामाकरण भएको जनविश्वास रहेको छ ।

भौगोलिक अवस्थिति

मधेश प्रदेश 

सर्लाही जिल्ला 

निर्वाचन क्षेत्र  ३

क्षेत्रफल  ८६.०६ वर्ग किमि

वडा संख्या  ११

अवस्थिति  अक्षांश  २७० २१' १३.२'' देखि २७० ८४' ४५.९''   ८५० ३०' ५२.९'' देखि ८५० ३८' ४८.५२''

उचाई  १३० मिटर देखि ५५० मिटर

उष्ण प्रदेशिय हावापानी 

सिमाना

पूर्व: लखनदेही खोला र पत्थरकोट र लालबदन्दी नगरपालिका

पश्चिम: हरिवन खाेला बागमती नगरपालिका

उत्तर: हरिहरपुरगढी गाउँपालिका सिन्धुली

दक्षिण: हरिपुर नगरपालिका

जनसंख्या

कुल जनसंख्या  ५२,२१२

जनघनत्व  ५९३

घरधूरी  १०३१८

पर्यटकिय क्षेत्रहरु 

वन वाटिका, चतुर्भुजेश्वर मन्दिर,  शिवसागर पोखरी, पटाैना गणेश मन्दिर, गणेश टाेल गणेश मन्दिर

 

हरिवन नगरपालिका २०७१ जेठ १ गतेको नेपाल सरकारले निर्णय गरी साविक अत्रौली, सासापुर, घुर्कौली र हरिवन गाविस सम्मिलित गरी गठन गरिएको नगरपालिका हो । यो नगरपालिका मध्यामाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चल, सर्लाही जिल्ला मा अवस्थित रहेको छ । यस नगरपालिकालाई जम्मा ११ वटा वडामा विभाजन गरीएको छ । हरिवन बजार वडा नं ११ यस नगरपालिकाको प्रमुख केन्द्र हो । 
यस नगरपालिकाको सिमाना पूर्वमा लखनदेही खोला र पत्थरकोट (लालबन्दी नगरपालिका), पश्चिममा वागमती नगरपालिका, उत्तरमा सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका र दक्षिणमा हरिपुर नगरपालिका सम्म फैलिएको छ ।

प्राकृतिक स्रोतः
हरिवन नगरपालिका चुरे, भावर र तराई गरी तीन भौगोलिक क्षेत्रमा विभाजन गर्न सकिन्छ । यस क्षेत्रमा साल खयर, सिसौ, कर्मा, कुम्नी, हर्रो, वर्राे, सिन्दुरे, तेतारी, सतिसाल, सिमल, भुरकुल, दवदवे, लगायतका वनस्पति पाइन्छ । जंगली जनावरमा बाघ, चितुवा, भालु, हात्ती, वन विरालो, बँदेल, मृग, चितल, निलगाई, आदि पाइन्छ । पंक्षीमा मयूर, धनेस, कालिज, लुइचे, सुगा, आदि यहाँ पाइने मुख्य चराहरु हुन् । 

जलवायुः
यो नगरपालिका उष्ण प्रदेशिय मनसुन जलवायु क्षेत्रमा अवस्थित छ । जनकपुरमा रहेको मौसम तथा जलवायु स्टेशनको मापन अनुसार यस क्षेत्रको औसत अधिकतम तपक्रम ३१ सेल्सस र औषत न्यूनतम तापक्रम २० सेल्सस रहेको छ । यस नगरपालिकामा १६९९.६ मिमि औसत वर्षा हुने गर्दछ ।

शिक्षाः
२०६८ को जन गणना अनुसार यस नगरको साक्षरता  प्रतिशत ५९.७७% रहेको छ जसमध्ये ६७.९१% पुरुष साक्षरता र ५२.१३ % महिला साक्षरता रहेको छ । यस नगरपालिकाको आधारभूत तह सम्मका लागी स्थानीय पाठ्यक्रम, नगर शिक्षा योजना, विभिन्न ऐन नियमहरु समेत निर्माण भएको छ । यस नगरपालिकामा बहुमुखी क्याम्पस, माध्यामिक विद्यालय र आधारभूत विद्यालय गरी जम्मा २४ वटा सामुदायिक र ३१ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेको छ । चतुर्भुजेश्वर बहुमुखि क्याम्पस यस नगरको एक मात्र क्याम्पस हो । चतुर्भुजेश्वर मा.वि., महादेव जनता मा.वि., जनसेवा मा.वि., राम अवतार जनता मा.वि., संस्थागत तर्फ सनराइज मा.वि र मनकामना मा.वि. र अर्किड स्कुल, सगुन आवसीय मा.वि., मा कक्षा १२ सम्म अध्यापन हुने गरेको छ ।  श्रीमती माइरानी मिक्चनी मा.वि., जनजागृती मा.वि., संस्थागत तर्फ सुशिल केडिया मा.वि., ज्ञान ज्योति मा.वि., तराई सृजनशील एकेडेमी, एन्जल एकेडेमी, यस नगरपालिकाका माध्यमिक तह कक्षा १० सम्म अध्यापन गराउने विद्यालयहरु हुन् । अन्य विद्यालयहरुमा आधारभूत स्तरमा अध्यापन हुने गर्दछ । १० औं नगर सभाको निर्णय अनुसार यस नगरलाई साक्षर नगरको रुपमा घोषणा गरिएको छ । 

खानेपानी र सरसफाई 
यस हरिवन नगरपालिकामा ६८.५% जनसंख्या ट्युबवेल ह्याण्ड पम्प, १६.९२% इनार तथा कुवा, ६.८८% जनसंख्या धाराको पानी र बाँकी अन्यले खोलाको पानी, छोपिएका इनार वा कुवा, जरुवा पानीबाट खानेपानीको स्रोत प्रयोग गर्दछन् । 
२०७४ साल असार १६ गते हरिवन नगरपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ ।

उर्जा
यस नगरमा खाना पकाउन अधिकांश जनसंख्या परमपरागत उर्जा श्रोतको प्रयोग गर्दछन् । खाना पकाउन ८०.३ % जनसंख्याले दाउरा, १०.०४% ले एलपिजि ग्यास र ६.५२% घरधुरीले बायोग्याँँसको प्रयोग गर्दछन् । अन्यले मट्टीतेल, विद्युत, गुर्इंठा आदिको प्रयोग गर्दछन् ।
यस नगरमा वत्तीको लागि अधिकांश जनसंख्याले घरमा विजुली वत्तीको प्रयोग गर्दछन् । वत्तीको लागि ८६.०६% घरधुरीले विजुली वत्ती र १२% घरमा मट्टितेलको प्रयोग गर्दछन् । अन्य घरपरिवारले सोलार र बायोग्यासको प्रयोग गर्दछन् ।

उद्योग तथा सेवा
यस नगरपालिकामा मुख्य उद्योग ईन्दु शंकर चीनी मिल रहेको छ । नगरमा ईँटा उद्योग, राइस मिल, फर्निचर, घरेलु उद्योग, आदि विभिन्न उद्योग सञ्चालनमा रहेको छ । गार्मेन्ट, हार्डवेयर, कस्मेटिक्स, डिपार्टमेन्टल स्टोर, किराना, हस्पिटल, विभिन्न सेवा र सुविधा दिने सरकारी तथा गैर सरकारी संस्था, आदि यस क्षेत्रमा सञ्चालनमा रहेको छ ।

आधारभूत जानकारी
Madhesh
Sarlahi
नगरपालिका
- sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 52212
Male 0
Female 0
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at -
Website https://harion.profiling.infocarenepal.com/ne
Map coordinates not available